महासंघ उपाध्यक्षसहित तीन पत्रकारले चुनाव लड्ने

२६ बैशाख २०७४, मंगलवार मा प्रकाशित

बिर्तामोड, वैशाख २६ । नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटीसहित तीन जना महिला पत्रकार आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लड्ने भएका छन् ।

पत्रकार शिवाकोटीसहित लीला अनमोल र गंगा वरालले चुनाव लड्ने भएका हुन् । शिवाकोटी र अनमोल बिर्तामोड नगरपालिकाको उपमेयर पदका लागि उम्मेद्वारी दिने र वरालले भद्रपुर नगरपालिकाको १ को वडा सदस्य पदमा उम्मेद्वारी दिने बताइएको छ ।

पत्रकार शिवाकोटीको नाम नेकपा एमालेबाट उपमेयरमा सिफारिस भएको छ भने अनमोलको नाम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरकै लागि सिफारिस भएको छ । वरालको भने नेकपा एमालेकै तर्फबाट सदस्य पदमा सिफारिस भएको छ ।
पत्रकार शिवाकोटी र अनमोलले यसअघि नेपाल पत्रकार महासंघ झापाको उपाध्यक्ष पदमा प्रतिष्पर्धा गर्नुभएको थियो । नेकपा एमाले निकट प्रेस चौतारीबाट उम्मेद्वार बन्नु भएकी शिवाकोटीले मिडिया नेपालको तर्फबाट उममेद्वार बन्नुभएकी अनमोललाई पराजीत गर्नुभएको थियो ।

पत्रकार शिवाकोटी स्थानीय कञ्चनजंघा एफएममा कार्यरत हुनुहुन्छ । अनमोल रेडियो विराटको प्रबन्ध निर्देशक हुनुहुन्छ । वराल निर्माण लहर साप्ताहिकको सह सम्पादक हुनुहुन्छ ।
प्रदेश नम्वर १ सहित २,५ र ७ मा स्थानीय निकायको निर्वाचन जेठ ३१ गते हुँदैछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here