झापामा आठ थान मात्र हतियार बुझाइयो

२६ बैशाख २०७४, मंगलवार मा प्रकाशित

बिर्तामोड,वैशाख २६ । झापामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भएपनि हालसम्म ८ जनाले मात्र जिल्ला प्रशासनलाई वुझाएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार वुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले सार्बजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक ,पेस्तोल जस्ता हतियार र सो मा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अबधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकमा तीन तीन थान हतियार वुझाइएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दुई थान हतियार बुझाएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरविन सहितको एक थान, म्यागनम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here