सबिता बिष्ट
पल पलमा जिन्दगीका याद छोडन् मन छ ,
सामाजिक सेवा तर्फ पाइला मोड्न मन छ !
मेलमिलापको भाबनालाई बढाउदै समाजमा,
असमानताले अग्लिएको पर्खाल तोड्न मन छ !
जातीय भेदभाव र छूवाछुत हटाउनलाई ,
पन्छाउदै बाधाहरु, सदभाब गोड्न मन छ !
को आफ्नो को पराइ, मानबीयता छ भने,
सङाल्दै भाबनाहरु आत्मियता जोड्न मन छ !
सामाजिक मूल्यमान्यताको जगेर्ना गर्दै गर्दा ,
अन्धबिश्वासी कूसस्कारको,घडा फोड्न मन छ !