बिर्तामोड,वैशाख २८ । समाजसेवी डिल्ली प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार एक सय ६५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
बिर्तामोड नगरपालिका– ५ महानन्द चौक निवासी प्रसाईले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताउनुभयो ।
प्रसाईले आफ्नो तर्फबाट केही समय भित्रै कोषमा थप रकम प्रदान गरेर ५१ हजार पु¥याइदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।