नेपालमा कफी उत्पादन – किसानका लागि रोजगारी

३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

झापा ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ ।

नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा उत्पादन हुने कफीको गुणस्तर राम्रो रहेकाले पनि विदेशमा निर्यात हुने सम्भावना रहेको औँल्याउनुभयो । उहाँले कफी उत्पादनको क्षेत्रमा लगानी बढाउन, अनुसन्धान, तालीम तथा विस्तारका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने औँल्याउनुभयो ।

सो अवसरमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले विसं १९९५ देखि नेपालमा कफीखेती शुरु भएको बताउँदै कफीलाई विश्वबजारमा पुु¥याउन गुल्मीलाई सुपर जोनको रूपमा अघि सारी कम्तीमा पाँच हजार युवालाई निःशर्त र निःशुल्क तालीम दिने कार्य शुरु गरिसकेको बताउनुभयो ।

युरोपेली सङ्घका प्रतिनिधिमण्डल प्रतिनिधि जाँ पेट्रेटले भविष्यमा नेपालमा कफी उत्पादनका क्षेत्रमा युरोपेली सङ्घले सहयोग तथा समर्थन गर्ने बताउनुभयो । कफीको विकासका लागि नेपालले धेरै काम गर्नुपर्नेमा उहाँको जोड थियो । इयु फण्डेड ट्रेड एण्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्टका सल्लाहकार डा बद्रीप्रसाद बस्ताकोटीले विश्वमा पानी र चियापछि मानिसले सबैभन्दा बढी पिउने पेयपदार्थ कफी रहेको बताउँदै विश्वमा एक करोड ८५ हजार मेट्रिकटन कफी खपत हुने बताउनुभयो ।

चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा हाल ५१३ मेट्रिकटन कफी उत्पादन हुने गरेको र गरीब किसानको महत्वपूर्ण पेशाको रूपमा रहेको बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here