बसबाट खसेर बालकको मृत्यु

0
591

झापा ।

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेकामा भण्टाबारीमा झर्ने क्रममा बसबाट खसेका हुन् । सो बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here