बिर्तामोडमा थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस

0
738

झापा ।

सरकारले गत साउन १ गते देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोके पनि उक्त ज्याला नपाएको भन्दै चिया मजदुर चैत १७ देखि आन्दोलित बनेका छन् ।

उनीहरुले विभिन्न समयमा झापाका भद्रपुर, काँकडभिट्टालगायतका स्थानमा कोण सभा र जुलुस निकाल्दा समेत माग पुरा नभएको भन्दै आज झापाको बिर्तामोडमा थाल ठटाउँदै जुलुस निकालेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट सुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो । उपस्थित मजदुरले थाल ठटाउँदै सरकारले तोकेको न्याूनतम पारिश्रमिक तत्काल लागु गर्न माग गरेका थिए ।

सरकारले तोके बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो ।

तर, सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दा सम्म पाउन सकेका छैनन् भनेर इमेजखबरले समाचार प्रकाशन गरेको छ ।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढि चिया खेती हुने भएकाले ती जिल्लामा बढी मजदुर कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here