अप्टिमिस्ट नेपालको राष्ट्रिय सम्मेलन

२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड।

अप्टिमिस्ट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखराको लेकसाइडस्थित कुटी रिर्सोट एण्ड स्पामा भएको सम्मेलनमा काठमाडौं, पोखरा, विराटनगर, झापा, हेटौडा, इलाम, पर्वतका क्लबका सदस्यहरु, जुनियर अप्टिमिस्ट क्लब र अप्टिमिस्ट नेपाल युवा परिषद्का सदस्य गरी ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सन् १९१९ जुन १९ तारिख अमेरिकामा विधिवत् सञ्चालनमा आएको संस्थाले आगामी जुन १९ तारिख शत्वार्षिकी मनाउने भएको कार्यक्रममा जानकारी दिइयो । सम्मेलनमा अप्टिमिस्ट इन्टरनेशनलको प्रतिनिधिका रुपमा सहभागी भएका संयुक्त राज्य अमेरिकाका मिस्टर जिम बोइड (डाइरेक्टर अफ स्ट्राटिजिक ग्रोथ)ले सम्मेलनमा सहभागी सदस्यहरुलाई अप्टिमिस्ट संस्थाका बारेमा जानकारी दिएका थिए । जिम बोइडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अप्टिमिस्ट क्रिड (मन्त्र)को वाचन जुनियर अप्टिमिस्ट आर्याभा निरौलाले गरेकी थिइन् ।

कार्यक्रममा अप्टिमिस्ट र अप्टिमिस्ट नेपालको बारेमा अप्टिमिस्ट नेपालका अध्यक्ष उदयकुमार निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने अप्टिमिस्ट नेपाल युवा परिषद्का अध्यक्ष परितोष शर्मा, जुनियर अप्टिमिस्ट क्लबका अध्यक्ष विशेष काफ्ले लगायत अन्य अप्टिमिस्ट क्लबका अध्यक्षहरुद्वारा आ–आफ्ना क्लबका गतिविधि र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै अप्टिमिस्ट नेपाल स्थापना गर्न प्रमुख भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि मिस्टर बोइडले व्यक्तित्व विकास र सञ्चारको परिभाषा र आवश्यकताका बारेमा प्रस्तुतिकरण दिनुका साथै अप्टिमिस्ट क्लबका कार्यक्रमहरुका बारेमा समेत जानकारी गराएका थिए ।
त्यस्तै अप्टिमिस्ट इन्टरनेशनलका अध्यक्ष रेविका बुटलर मोनाले भिडियो कन्फरेन्स मार्फत नेपालका अप्टिमिस्टहरुलाई हौसला प्रदान गर्नुका साथै सहभागीहरुले गरेका प्रश्नको जवाफ दिएकी थिइन् ।

त्यस्तै जीम बोइडले व्यवहारिक विकासका कार्यक्रम र त्यसको महत्वका बारेमा प्रस्तुतिकरण दिँदै सामूहिक कार्य र समूहको आवश्यकताका बारे जानकारी दिन कपासको क्यान्डीमा सिन्की चाउचाउको टावर बनाउने अभ्यास गराइएका थिए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट अप्टिमिस्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले प्रतिवद्धता व्यक्त गर्दै संस्थाले झापामा गरेका विविध कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उनले सामुहिक आँखा दान राष्ट्रिय अभियान, रक्तदान लगायतका विविध कार्यक्रमहरु गरिएको जानकारी गराए । कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि बोइडले प्रमामणपत्र वितरण गरेका थिए भने बोइडलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अप्टिमिस्ट नेपालका सचिव पृथ्वीराज थापा, कोषाध्यक्ष नवीन श्रेष्ठ, अप्टिमिस्ट क्लब पोखराका अध्यक्ष केशव काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । यसैबीच अप्टिमिस्ट क्लव अफ झापाले आगामी जेठ ११ गते अप्टिमिस्ट पत्रकारिता पुरस्कार वितरण गरिने पुरस्कार छनौट समितिका संयोजक विद्याभुषण प्रसाईंले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here