आत्मघाती हमलामा पाँचको मृत्यु

0
362

एजेन्सी ।

पाकिस्तानमा भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ।

पाकिस्तानको लाहोरमा बुधबार विहान भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको लाहोरका प्रहरी प्रमुख डिआइजी अस्रफ अहमद खानले पुष्टि गरे।

मुस्लिम समुदायको धार्मिक स्थल डाटा दरबार सुफिमा भएको आत्मघाती हमालामा १८ जना घाइते भएका छन्। घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको पाकिस्तानी अधिकारीले जनाएका छन्।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसअघि सन् २०१० मा भएको आत्मघाती हमलामा कयौंको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here