सुरुङ्गा, पूर्व – पश्चिम राजमार्ग अन्तरगातको कनकाई नदीको पुलमा वम जस्तो शंकास्पद बस्तु भेटिएपछि राजमार्ग आज विहानैबाट अवरुद्ध भएको छ ।
कनकाई नगरपालिका– २ मा स्थित कनकाई पुलको दायाँ तर्फ तार बेरिएको अवस्थामा कुकर भेटिएपछि पूर्व – पश्चिम राजमार्ग आज विहानैबाट अवरुद्ध भएको हो । मर्निङवाकमा निस्किएका व्यक्तिले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी सहित उक्त स्थानमा श्रीनाथगण चारआलीको बम डिस्पोजल टोलेले शंकास्पद बस्तु डिस्पोजल गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पुलमा शंकास्पद वस्तु भेटिएपछि लामो तथा छोटा दुरीका सबै सवारी पुलको वारी पारि नै प्रहरीले रोकेर राखेको छ ।