कृषकलाई बिर्तामोड नगरपालिकाको सहयोग

0
534

 

बिर्तामोड, बिर्तामोड नगरपालिकाले कृषकलाई लक्षित गर्दै एक सय ३२ वटा मोटर वोरिङ्ग बितरण गरेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा ४२ वटा र चालू आर्थिक वर्ष २०७५÷ ०७६ मा ९० वटा गरी १३२ वटा मोटर बोरिङ्ग बितरण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले प्रति मोटर बोरिङ्ग ४० हजार रुपैयाँ कृषकलाई प्रदान गरेको छ । गत आर्थिक वर्ष नगरपालिकाले ४२ मोटर बोरिङ्गका लागि १६ लाख ८० हजार रुपैयाँ र चालू आर्थिक वर्ष २०७५÷ ०७६ मा ९० बटा मोटर बोरिङ्गका लागि ३६ लाख रुपैयाँ कृषकलाई प्रदान गरेको हो ।

नगर क्षेत्र भित्रका कुनैपनि किसानलाई खेती गर्न समस्या नहोस भन्ने उद्देश्यले सिँचाइका लागि नगरपालिकाले मोटर बोरिङ्ग बितरण गरेको बताइएको छ । नगरको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत अनुदानमा मोटर बोरिङ्ग बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताउनुभयो ।

यता ८५ प्रतिशत अनुदानमा गत वर्ष आठबटा र यो वर्ष दश वटा गरी १८ वटा पावर टिलर कृषकलाई समूहगत रुपमा बितरण गरिएको छ । पछिल्लो समय परम्परागत कृषि प्रणाली भन्दा यान्त्रिकीकरण प्रणालीबाट खेती गर्दा कृषकले बढी मुनाफा लिन सक्ने भएपछि कृषकलाई खेती गर्न सहयोग पु¥याउने उद्देश्यले पावर टिलर बितरण गरिएको बताइएको छ । नगरपालिकाले प्रति पावर टिलर एक लाख ६० हजार रुपैया कृषकलाई प्रदान गरेको छ । गत अर्थिक वर्ष र चालू आर्थिक वर्षमा १८ वटा पावर टिलर खरिदका लागि नगरपालिकाले २८ लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै नगरक्षेत्र भित्र रहेका कृषकलाई ४० वटा मकै छोडाउने मेसिन बितरण गरेको छ । प्रति मेसिन १५ हजार रुपैयाँ कृषकलाई अनदान रुवरुप प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी नगरपालिकाले कृषकलाई धान काट्ने मेसिन समेत उपलब्ध गराएको छ । नगर भित्र १० वटा समूह बनाएर एक– एक वटा धान काट्ने मेसिन प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार प्रति मेसिन कृषकलाई एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

नगर क्षेत्रभित्र १० थान धान काट्ने मेसिन खरिदका लागि १७ लाख रुपैयाँ कृषकलाई प्रदान गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here