बिर्तामोड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाने कुराको माध्यमाट मानव शरीरमा दुई सय भन्दा बढी प्रकारका रोग लाग्ने जनाएको छ । बच्चा , बृद्धा, गर्भवती महिलामा बढी प्भाव देखिने भन्दै खानेकुरामा सजक रहन विभागले आग्रह समेत गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा खाद्य स्वच्छता सम्वन्धि कार्यक्रममा बोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले खानाकै माध्यमबाट मानव शरीरमा धेरै प्कारको रोग लाग्ने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले खानेकुराले नै रोग निम्त्याउने भन्दै मिसावट युक्त खाने काुराले विभिन्न प्रकारका रोग लाग्ने भन्दै त्यस्तो खाने कुरा नखान सुझाए । अहिले । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले देश भर खाद्य स्वच्छता सम्वन्धि सचेतना मूलक कार्यक्रम गरिरहेको भन्दै समग्र झापावासीलाई समेत खानेकुरामा सचेत रहन आग्रह गरे ।
। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख दूध र दूधबाट बनेका परिकारको गुणस्तरको महत्वका विषयमा प्रकाश पार्दै स्वाच्छ दूध खान नसकेको खण्डमा दूग्ध पदार्थमा पाइने सूक्ष्म जीवाणूहरु (टीवी, स्कारलेट फिवर, डाइरिया, टाइफाइड, भाइसर, केमिकल्स, मेलामाइन, जस्ता रोग निम्तने बताए । उनले भने – ‘मानव स्वास्थ्यमा असर परेपछि उपचारका लागि समेत भौतारिनु पर्ने भएकाले वैलैमा रोग लाग्न नदिन सचेतना अपनाउन सकिन्छ ।’
खाद्य ऐन २०३३ र दाना ऐन २०३३को प्रभावकारी रुपमा कार्यनवयन गर्न गराउन सरकार लागि परेको बताउँदै खाद्य वस्तुको उत्पादन स्तरदेखि विक्री वितरणसम्म नियमन तथा निरीक्षण आफूहरुले गरिरहेको बताएका छन् ।
नेपालमा वार्षिक रुपमा १९ लाख मेट्रिकटन दूध उत्पादन हुने बताउँदै औपचारिक प्रक्रियाबाट वार्षिक २.८ लाख मेट्रिक टन मात्र दूध संकलन हुने बताए । परम्परा वादी अनुमानका आधारमा ४५ प्रतिशत उत्पादन कर्ताले उपभोग गर्ने गरेको र ७.७ लाख लिटर दूध उपभोक्ता आफैंले खपत गर्ने गरेको कायक्रममा जनाइएको थियो । औपचारिक प्रक्रियाबाट उत्पादित दूध ८.५ लाख मेट्रिकटन दूध उत्पादन हुने बताइएको छ ।
दूधले कूल ग्राहस्थ उप्तादक कृषि तर्फ ३८ प्रतिशत योगदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो । पशुपालन कूल कृषि ग्राहस्थ उत्पादनको योगदान १४ प्रतशित रहेको र पशुपालनमा दूध व्यवसायको योगदान ९ प्रतिशत रहेको क्षेत्रीय निर्देशक कोइरालाले बताए । विभागको कार्यपत्र पस्तुत गर्दै उनले भने – ‘पूर्वमा मात्रै ०.४० लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।’
पूर्वमा ७५ वटा डेरीले औपचारिक रुपमा दूध उत्पादन तथा प्रशोधन गर्ने गरेको बताउँदै प्याक्टबाट १६ वटाले अनुदान लिएर काम गरिरहेको बताए ।
राम्रो र नराम्रो गुणस्तरको दुध छुट्याउने ज्ञान उत्पादकले पनि लिनु पर्छ अनि विक्रेताले पनि लिनुपर्छ भन्दै कोइरालाले भने – ‘गुणस्तरीय दूध सेवन गर्न नसक्दा धेरै प्रकारका रोग लाग्न सक्छ तसर्थ दूध सेवन अघि सचेत रहन जरुरी छ ।’
साझेदार तथा नियामक प्राधिकरणले तालिमको माध्यमबाट दूधको ओसारपसार, प्रशोधन तथा बजार व्यवस्थापनमा सुधार गर्ने आजको आवश्यकता रहेको बताउँदै उनले भने – साना उद्यमीहरुबाट उत्पादित दूग्ध पदार्थको गुणस्तर तथा नियमक निकायको मापदण्ड अनुसारको गुणस्तरीय वस्तुहरु उत्पादन गर्ने महत्वपूर्ण भूमिका निर्वाह खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरिरहेको छ ।
दूघ पोषिलो भएतापनि मिसावट र सुक्ष्म जीवाणुले स्वास्थ्यमा असर पर्ने उनको भनाई छ ।
त्यस्तै पिउने पानीका कारण पनि मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । पानीका कारण डाइरिया, जन्डिस, शैजा, टाइफाइड जस्ता रोग लाग्ने बताउँदै कोइरालाले भने –‘ दुषित पानी खानबाट पनि बच्न जरुरी छ ।
खाने तेलका कारण मानव स्वास्थ्यमा पर्न सक्ने असरका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कोइरालाले भने तोरीको तेलमा भटमास र पामआयल मिसावट गर्न सहज हुने भएकाले मिसावट युक्त तेलको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्छ ।
यसैबीच । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ट खाद्य अधिकृत राजकुमार रिजालले कुशल उत्पादन अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
झापाका दूध तथा पानी उत्पादकहरुको सहभागीतामा भएको कार्यक्रममा विभागका तर्फबाट कृषक तथा उत्पादकलाई गुणस्तरीय खाद्य सामग्री उत्पादनको विषयमा जानकारी समेत दिइएको थियो । कार्यक्रमको संचालन । खाद्य आयत निर्यात गुणस्तर नियन्त्रण कार्यालय काँकरभिट्टाका अधिकृत दिनेश ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए ।