बिर्तामोड, बिर्तामोडस्थित महेन्द्ररत्न मावि ‘नमूना विद्यालय’बन्ने भएको छ । नमूना विद्यालयको आइतवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिलन्यास गर्ने भएका छन् । वहुबर्षिय योजना अन्तरगत विर्तामोड – ५ मा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।
बिर्तामोड–३ बिर्ताबजारमा रहेको नमूना विद्यालयकका लागि आठ विगाह क्षेत्रफलमा ४८ कोठे भवन निर्माण हुने भएको छ । यो संगै अडिटोरियम हल, प्रशासकीय भवन, छात्र, छात्राका लागि छुट्टा छुट्टै होस्टल, खेलमैदान, स्वीमिङ पुल निर्माण हुने विद्यालयका प्रधानाध्यापक मोहन पाइमले जानकारी दिए । ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत एशियाली विकास बैंकको सहयोगमा शिक्षा विभाग मार्फत् भौतिक पूर्वाधारले परिपूर्ण आधुनिक प्रविधिसहितको गुणस्तरीय शिक्षालयको रुपमा महेन्द्र रत्न मावि ‘नमूना विद्यालय’ बनाउने योजना अघि सारिएको थियो ।
महेन्द्ररत्न संगै झापाका आठ विद्यालयलाई नमूना विद्यालय बनाइने भएको छ । यो संगै दमकको हिमालय माविलाई समेत नमूना विद्यालय बनाइने भएको छ । सो विद्यालयको पनि आज आइतवार शिक्षा मन्त्री पोखरेलले शिलन्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । मन्त्री पोखरेलले दमककै सरस्वती माविको समेत भवन शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच नेकपाले शनिवार पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ ।