चारपानेमा एक्सेल बैंकको शाखा

0
1307

बिर्तामोड, एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको शाखा चारपानेमा स्थापना गरिएको छ ।
चारपाने शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले संयुक्त रुपमा गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक रोशनकुमार सिग्देल, साविक चारपाने गाविसका पूर्वअध्यक्ष प्रेमप्रकाश सिटौला, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चारपाने शाखाबाट विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने, आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने, एवीवीएस, सी–एएसवीए, एएसवीए, आईपीएस, कनेक्ट आइपीएस, अनलाइन क्लियरिङ तथा स्मार्ट मोवाइल वैंकिङ भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिषा डेविड कार्ड, रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ लगायतका अधिकांश वैंकिङ सेवाहरु नवस्थापित शाखा कार्यालय चारपानेबाट प्रदान गरिने बताइएको छ ।
वैंकले आ.व. २०७४÷०७५को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको, आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल भएको बताइएको छ । यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु. ६ अर्व १३ करोड रहेको छ भने निक्षेप संकलन रु. ६ अर्व ७९ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङका विभिन्न ३१ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरुमार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको बताइएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लि.का अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको कार्यक्रममा शाखा बैंकका सञ्चालक पुरुषोत्तम लम्सालले स्वागत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here