बिर्तामोड, लायन्स क्लव अफ बिर्तामोडको अध्यक्षमा जीवनकुमार खड्का चयन भएका छन् ।
क्लवको पूर्ण वैठकले युवा व्यवसायी खड्काको अध्यक्षतामा वर्ष २०१९÷२०२०को नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको प्रथम उपाध्यक्षमा मोहनकुमार मित्तल, द्वितीय उपाध्यक्षमा पुस्कर निरौला, तृतीय उपाध्यक्षमा बलराम कार्की, सचिवमा निकेशकुमार गट्टानी, कोषाध्यक्षमा संगीता रौनीयार, संयुक्त सचिवमा कुशल खतिवडा, जनसम्पर्क अधिकारीमा विपीन शर्मा घिमिरे, टेल ट्वीस्टरमा प्रदीप खरेल, टेमरमा राजेन्द्र बिमली चयन भएका छन् ।
लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ताको अध्यक्षता तथा डिष्ट्रिक को–अर्डिनेटर सत्यनारायण शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष जीवनकुमार खड्काले स्वागत गरेका थिए ।
ध्वजाको अभिवादन विपीन शर्मा घिमिरेले गरेको कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोडका पूर्व अध्यक्षहरु सुरेशकुमार अग्रवाल, ओमकृष्ण विमली, सुरज रौनियार, मेमलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव पुस्कर निरौलाले गरेका थिए ।