कनकाईमा महिला चेम्बर

0
332

सुरुङ्गा,नेपाल महिला चेम्बर कनकाई नगर समितिको अध्यक्षमा खिनमाया खतिवडा चयन भएकी छिन् ।
व्यवसायी महिलाहरुको भेलाले खतिवडाको अध्यक्षतामा कनकाई नगर समितिको गठन गरेको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सुष्मा न्यौपाने, उपाध्यक्षहरुमा सीता सापकोटा र राधिका भट्टराई, महासचिवमा देवका शिवाकोटी, सचिवमा अम्बिका बाराकोटी, सचिवमा अम्बिका दाहाल र कोषाध्यक्षमा मिना फुयाँल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अंकिता लुइँटेल, विष्णुमाया कार्की, सीता ओली, मञ्जु पञ्जियार, मुना फुयाँल, लीला प्रसाई, शान्ताकुमारी अधिकारी, चित्रा श्रेष्ठ र लक्ष्मी बस्नेत रहेका छन् ।
महिला च्याम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा नेकपाका प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य र च्याम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवालको विशेष आतिथ्यमा भएको कार्यक्रममा महिला च्याम्बरकी जिल्ला सदस्य अनिता मैनालीले स्वागत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि थापाले महिला व्यवसायीहरुलाई उद्यमशील र आत्मनिर्भर बन्न प्रदेश सरकारबाट प्राप्त हुनसक्ने सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति प्रविन तिम्सिना, कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, सहकारी समन्वय समिति कनकाईका अध्यक्ष चम्पा सुवेदी, श्यामसुन्दर ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष खिनमाया खतिवडाले महिला चेम्बरले व्यावसायिक हक र महिला हक दुबैका विषयमा काम गर्ने बताएकी थिइन् । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रमिला खरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here