प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा

0
402

खलङ्गा ।

कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा पुगेको हो ।

प्रदेशको एकीकृत पञ्चवर्षीय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जैविक विविधता विज्ञ डा रोशन शेरचन, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायासहितको टोली जुम्ला सदरमुकाम हुँदै सिञ्जा क्षेत्रमा पुगेको होे ।

सिञ्जामा पुगेको पर्यटन मन्त्रालयको विज्ञसहितको टिमले सिञ्जा क्षेत्र निर्वाचन क्षेत्र ९ख०का सिञ्जा, कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयसँग छलफल तथा अन्तरक्रियामार्फत पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा पूर्वाधार विकासको विषयमा सुझाव सङ्कलन गरेको मन्त्रालयका सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।

मन्त्रालयले विभिन्न जिल्लामा छ वटा टोली खटाएर पहिले जिल्लागत रूपमा विस्तृत मस्यौदा ल्याउने र त्यसपछि अन्तिम रूप दिने उद्देश्यका साथ प्रदेश टोलीले अहिले पर्यटन गुरुयोजना तर्जुमा गर्दै आएको विज्ञ टोली प्रमुख डा शेरचनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here