वेटरपछि यसरी बनेकी थिइन सन्नी लियोनी ‘पोर्नस्टार’


२७ जेष्ठ २०७६, सोमबार ०५:२६ मा प्रकासित
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

एजेन्सी

Advertisement

,

पूर्वपोनस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् ।

सन्नी लियोनी सामान्य परिवारमा जन्मिएकी थिइन् । सन्नीका बुबा पन्जाबी थिए । आमा भने हिमाञ्चल प्रदेश रिमौरीकी थिइन् । सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर सुरु गरेकी थिइन् । एक बेकरीमा उनी वेटरका रुपमा काम गर्थिन् । पछि टेक्स एन्ड रिटायरमेन्ट फर्ममा नर्सका रुपमा काम गरिन् । त्यहाँ काम गर्दा सहकर्मी साथीहरुले उनलाई मोडलिङ गर्न सुझाउथे । एक साथीले त उनलाई फोटोसुटको अवसर पनि दिलाइन् ।

सन्नीले पेन्टहाउस नामक म्यागजिनका लागि एडल्ट तस्विर खिचाएकी थिइन् । उनको उक्त न्युड तस्विर निकै भाइरल भयो । त्यसपछि सन्नीलाई धेरै ठाउँबाट अफरहरु आए । उनलाई त्यही समयमा पोर्न चलचित्रबाट पनि अफर आएको थियो ।

सन्नीको नाम उनका मातापिताले करनजित कौर राखेका थिए । तर, उनले फोटोसुटको समयमा आफ्नो नाम परिवर्तन गरेर सन्नी लियोनी राखेकी थिइन् । उक्त फोटोसुट पछि उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा अनुबन्धित भइन् । उनी त्यहाँ ३ वर्षको लागि अनुबन्धित भएकी थिइन् । त्यो समयमा उनले ३ दर्जन हाराहरीमा पोर्न चलचित्रमा काम गरिन् ।

सन्नी अमेरिकामा मात्र नभएर विश्वभर नै चर्चामा थिइन् । उनले पोर्न चलचित्रबाट नै धेरै पटक अवार्ड समेत पाएकी छिन् । बलिउडमा प्रवेश गर्नुपूर्व सन्नी लियोनी चर्चित रियालिटी शो ‘बिग बोस’मा सहभागी भएकी भइन् । उक्त शोबाट नै उनलाई बलिउड प्रवेशको ढोका खुलेको हो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्