करेन्ट लागेर झापाका एकको मृत्यु


२८ जेष्ठ २०७६, मंगलवार १४:०२ मा प्रकासित
  • 69
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

झापा ।

Advertisement

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको रहेको प्रहरी कार्याल झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा खडकालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जनाइएको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्