ट्रायल पास गर्नु भयो ? लाइसेन्स प्रिन्ट भयो कि भएन ? अब मोवाइलबाटै थाहा पाउनुहोस्

0
616

काठमाण्डौं ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।

स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो।यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकाल र स्पेरो एसएमएस प्रा. लि.का प्रबन्ध निर्देशक अरविन्द साहले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन्।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जान कारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ।

त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिने छ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here