डेंगु : उच्च सतर्कता अपनाउन आग्रह

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

भद्रपुर।

झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई आग्रह गरिएको छ ।

प्रदेश सरकारको निर्णय बमोजिम बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्तो निर्देशन दिएका हुन् ।

‘पछिल्लो समयमा झापालगायत प्रदेश १ का जिल्लामा डेंगु संक्रमित भेटिन थालिएको छ’– प्रमुख जिल्ला अधिकारी दाहालले भने– ‘यसको रोकथामका लागि सचेतना र सजगता अपनाए नियन्त्रण गर्न सकिन्छ । डेंगु नियन्त्रणका लागि झापाका सबै स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नोतर्फबाट अभियान चलाउन आवश्यक छ ।’

१५ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक, जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन, जिल्लाका सुरक्षा निकायका अधिकारीहरु कार्यक्रमा सहभागी थिए ।

अहिलेसम्म भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक नगरपालिकामा आठ जना डेंगु संक्रमित भेटिएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए । झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा डेंगु संक्रमण फेला परेको थियो ।

डेंगुको संक्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको जनाइएको छ । दुई हजार जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएकोले नियन्त्रण गर्न समय लाग्ने जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here