विक्रम र आकांक्षाको ‘महसुस’ बजारमा

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

झापा ।

गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको आवाजमा रहेको गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोलाई ओएसआर डिजिटल मार्फत शुक्रवार दिउँसो सार्वजनिक गरीएको हो ।‘महसुस’मा सुरज शाही ठकुरीको शव्द ,संगीत तथा एरेञ्ज रहेको छ ।

निकेश खड्काको एक्सन कटमा निर्माण गरीएको यस म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।कुलेखानी लगायतका विभिन्न मनोरम दृश्य भएको स्थानमा म्युजिक भिडियो छायाङ्कन गरीएको हो ।भिडियोलाई बुद्व थापाले खिचेका हुन् । सम्पादन विकास धमलाको रहेको छ ।

मोरङ घर भई हाल संघिय राजधानी काठमाडौ बसेर नेपाली सांगीतिक क्षेत्रमा अनवरतरुपमा संघर्ष गरीरहेका गायक धमलाले एक पछि अर्को गर्दै एक दर्जन भन्दा बढी गीतहरु सार्वजनिक गरीसकेका छन् । यस अघि बजारमा आएको गीत ‘मादलु’लाई पनि अधिकांस दर्शक श्रोताले रुचाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here