गाउँँ गाउँमा स्वस्थ जीवन कार्यक्रम

१ असार २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले स्वस्थ जीवन कार्यक्रय शुरु गरेको छ । स्वास्थ्य केन्द्रले गत जेठ १७ गते हल्दिवारी गाउँपालिकाबाट शुरु भएको कार्यक्रम बिर्तामोडमा समेत आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले गरेका थिए । सवै उमेर समूहका मानिसलाई निरोगी राख्न प्रदेश सरकारले प्रदेश नम्वर १ मा यो कार्यक्रम लागू गरेको छ । जस अन्तरगत सामाजिक विकास मन्त्रालयबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले झापामा यो कार्यक्रम सञ्चालन गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका कविराज निरीक्षक स्वस्थ जीवन कार्याक्रम झापाका संयोजक हरेन्द्र साहले बताए ।

कार्यक्रम अन्तरगत सबै उमेर, वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनु पर्ने उपायको बारेमा छलफल चलाउँदै अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिन्छ साहले भने – ‘नागरिकमा स्वस्थ जीवनशैलीका लागि अपनाउने तरिका, आधारभूत योग, स्थानीय स्तरमा पाइने अत्यावश्यक जडिबुटीको बारे ज्ञान दिने, साथमा ऋतुचर्या, दिनचर्या, धारणीय÷अधारणीय वेग, घर, चर्पी, समुदायको सरसफाई, पोषण आदिको बारेमा ज्ञान दिइन्छ ।’

स्वस्थ जीवनशैली मापन गरी आरोग्यता प्राप्तीको परिकल्पना सहित यो कार्यक्रम लागू भएको हो उनले भने –‘ यसमा नसर्ने रोग निर्मूल पार्ने उपाय सिकाइन्छ । जवकी नसर्ने रोगले विस्तारै महामारीको रुप लिन्छ त्यसलाई घटाउन यो कार्यक्रम कोषेढुङ्गा हुने विश्वास गरिएको छ । ’

कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगर प्रमुख सिवाकोटीले जिल्ला आयुर्वेदले सञ्चालन गरेको यो कार्यक्रम अत्यान्त प्रभावकारी भएको बताउँदै नगरको तर्फबाट पनि सहयोग पु¥याउने धारणा राखे ।

कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकारी पशुपति खतिवडाले आ आफ्नो धारणा राखेका थिए । डा रवीन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वैद्य निरीक्षक मनोजकुमार पण्डितले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here