स्वस्तिकामा जुनियर डिभिजन तालिम सुरु

१ असार २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा।

झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल अन्र्तगत जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी मुक्कहाङ याक्थुम्बाले प्रवचन दिएको कार्यक्रममा कक्षा ८, ९ र १०का १८ छात्र र १८ छात्रासहित ३६ जना तालिमका सहभागीसहित अभिभावक र शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रवचनसँगै सुरु भएको उक्त तालिम एक सय दिनसम्म सञ्चालन हुने बताइएको छ । उक्त तालिमबाट सहभागी विद्यार्थीहरुलाई अनुशासन, नेतृत्व र व्यक्तित्व विकास, देशभक्ती भावना जागृत गराउने, विपद् व्यवस्थापन सहयोगी भूमिका निर्वाह गर्नेलगायतका विषयमा जानकारी गराइने तालिमका प्रशिक्षक एवम् प्यूठ जनक शिवाकोटीले बताए ।

सोही तालिम अन्र्तगत ७९ दिन विद्यालयमा दैनिक विहान छ बजेदेखि ८ बजेसम्म सैद्धान्तिक र शारीरीक व्यायाम र बाँकी २१ दिन मोरङको याङसीलामा क्याम्प बस्ने अर्का प्रशिक्षक एवम् अमलदार कुमार तामाङले बताए ।

विद्यालयका निर्देशक वसन्तकुमार श्रेष्ठ, प्रधानाध्यापक ओमप्रकाश ओझालगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन गणका क्यापटेन सुरज कटुवालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here