गाईघाट।
बजारमा राम्रो मूल्यमा बिक्री हुने आलुचा बारीमै मिल्काउनु पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, वारहा मिसुङटारका किसान निराश छन् ।
लामो समयदेखि आलुचा खेती गर्दै आएका किसानले बजारको अभावमा उनीहरूले उत्पादन गरेको आलुचा त्यतिकै मिल्काउनु पर्दा आपूmहरू चिन्तित भएको किसान बताउँछन् । स्थानीयलाई बजारका लागि झन्डै ६० किलोमिटर पश्चिम मुर्कुची र ८५ किलोमिटर पूर्वको सदरमुकाम गाईघाट धाउनुपर्ने बाध्यता छ ।
प्रतिव्यक्ति सात सय रुपियाँ भाडा तिरेर गाईघाटसम्मको यात्रा गर्न र उत्पादित फलफूल बजारमा लगेर बेच्ने सामथ्र्य आपूmसँग नरहेको किसानको गुनासो छ । किसान अप्सरा सुवेदीले भन्नुभयो, गाडीमा खचाखच यात्रु हुने भएपछि आलुचा ढुवानी गर्दा आधाभन्दा बढी त चेप्टियर, फुटेर, कुहेर नष्ट हुन्छ र क्यारेट तथा कार्टुनमा लगे केही बचाउन सकिन्छ तर बोरामा लैजाँदा सबै फुटेर नष्ट हुन्छ ।
‘एकातिर गाडी भाडा महँगो छ, अर्कोतिर धेरै बिग्रन्छ, त्यसमाथि समयमा बिक्री भएन भने अझ घाटाको व्यापार हुनेहँुदा गाउँपालिकाले सहुलियतमा ढुवानीको गराउनुपर्ने माग उहाँले गर्नुभयो ।
आलुचा व्यवसायी उत्तम खत्रीले ज्यालासमेत नआउने भएकाले आगामी वर्ष आल्चाका रुख फेदैमा काट्ने निर्णय गरेको बताउनुभयो । बिक्री नभएपछि पाहुना र गाउँ घुम्न आएकाले सित्तैमा लैजाने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कतिपयले एकबोरा टिपेर इच्छाअनुसार दुई सय रुपियाँसम्म दिने गरेका छन् भने धेरैजसोले सित्तैमा खाने र लैजाने गरेका छन् ।
मिसुङटारमा मात्रै तीन दर्जन घर परिवारले व्यावसायिक आलुचा खेती सुरु गरेको स्थानीय हर्कराज कार्कीले बताउनुभयो । यसका साथै सोही गाउँपालिका–२, ताम्लिछा, बाँस्बोटे, छिमेकी ताप्लि गाउँपालिकाको इनामे, लेखगाउँ र रौतामाई गाउँपालिकाको माझखर्क, भुट्टार, पोखरी, डहर, आँपटारलगायतका क्षेत्रमा आलुचा खेती हुने गरेको कार्कीको भनाइ छ ।
उत्पादित वस्तु बजारीकरणका लागि तत्काल सोच नभए पनि आगामी वर्ष केही योजना निर्माण गरिने लिम्चुङबुङ गाउँपालिका–३ वारहाका वडाध्यक्ष डिकबहादुर राउतले बताउनुभयो । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने कृषकको समस्यालाई ध्यानमा राखी बजारीकरणको व्यवस्था मिलाइने बताउनुभयो ।