मनसुन सुरु हुन केही दिन लाग्ने

३ असार २०७६, मंगलवार मा प्रकाशित

काठमाडौँ ।

नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल बल्ल भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

“तर पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन्न भेगमा वर्षा हुन्छ,” उहाँले भन्नुभयो, “यसले बढेको गर्मीमा केही घटाउनेछ । उहाँका अनुसार नेपालमा अझै पश्चिमी वायुको नै प्रभाव छ । ”

त्यो हटेर दक्षिणपूर्वी वायु यहाँ आउनुपर्छ । त्यसका लागि वातावरण भने बन्दै गएकाले केही दिनभित्र मनसुन नेपाल छिर्ने उहाँ बताउनुहुन्छ । मनसुनअघिको अहिलेको वर्षा भने पश्चिमी वायुबाट भइरहेको छ ।

विभागले जारी गरेको मौसमी जानकारी अनुसार सोमबार देशका पूर्वी भूभाग, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here