‘तस्वीर तिम्रो’ सार्वजनिक

0
1130

सुरुङ्गा।

सुरुङ्गा निवासी गीतकार टीका भट्टराई नेपालको शब्द रहेको ‘तस्विर तिम्रो…’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित लोकगायक एलपी जोशीले ल्यापटपको बटम अन गरेर सार्वजनिक गरेका थिए । प्रोजेक्टरको माध्यमबाट पर्दामा देखाइएको म्युजिक भिडियोमा गीतका शब्द र भावमा तादत्म्यता मिलाउँदै मोडेलहरु एलिशा अधिकारी र कविर खड्काको अभिनयले स्रोतालाई भावुक बनाएको थियो ।

गायक शिशिर योगीको स्वर र संगीत रहेको उक्त म्युजिक भिडियो साहित्य दर्शन नेपाल नामक युट्युव च्यानलको ब्यानरमा सार्वजनिक भएको हो । म्युजिक भिडियोको गीतको एरेन्ज बीबी अनुरागीले गरेका हुन् ।

गीतकारका दाजु पदम् भट्टराईको अध्यक्षता, लोकगायक एलपी जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार शिवशंकर थापा, गायक तथा संगीतकार हस्त परियार, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकार कोमलप्रसाद पोखरेल, डा. पुण्यप्रसाद सिग्देल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सार्वजनिक गरिएको म्युजिक भिडियोको शब्द, भाव र प्राविधिक पक्षका बारेमा गीतकार, संगीतकार तथा गायक जीवन गुरुङले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा गीतकार टीका भट्टराई नेपाल, अतिथि गायकहरु हस्त परियार, अर्जुन खरेल, गणेश ढुंगाना, मातृका संग्रौला, प्रमुख अतिथि जोशीले समेत गीत प्रस्तुत गरेका थिए ।

गीतकार टीका भट्टराई नेपालले स्वागत गरेको कार्यक्रमको औचित्य माथि भीम भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार खगिन्द्रा खुसीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here