बजेटका विषयमा पत्रकारसंँग नगरमा छलफल

0
506

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटका विषयमा पत्रकारसँंग सुझाव लिएको छ ।

नगरको विकासका लागि कस्तो बजेट निर्माण गर्ने र प्राथमिकतामा के कस्ता योजना अघि सार्दा समृद्ध नगर निर्माण हुन्छ भन्ने विषयमा पत्रकारसँंग सुझाव लिइएको थियो ।

बजेट निर्माणको पूर्वसन्ध्यामा बिर्तामोडबाट प्रकाशित प्रसारित सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा व्यवस्थापककासाथ नगरपालिकाले बुधवार छलफल गरेको थियो ।

आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमको तयार गरिरहेको नगरपालिकाले सोही सन्दर्भमा नगर क्षेत्रमा सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरुसँग सुझाव संकलन गर्न छलफल आयोजना गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पबित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, वडा नं. १ का अध्यक्ष तथा प्रवक्ता अग्नि पाण्डे, अधिकृतहरु देवराज कार्की, जय तिम्सिना, पदम घिमिरे सम्पादकसँगको छलफलमा सहभागी थिए ।

बजेट नीति तथा कार्यक्रम बनाउँदा सबै क्षेत्रको अपनत्व हुने गरी कार्यक्रम बनाउन छलफल शुरु गरेको उपप्रमुख महतराले बताइन् । बिर्तामोडको विकासमा मिडियाको भूमिका महत्वपूर्ण भएको भन्दै नगरप्रमुख शिवाकोटीले सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए ।

सो अवसरमा सम्पादकहरुले यहाँका सबै मिडियालाई नगरपालिकाले भेदभाव नगरी विज्ञापन उपलब्ध गराउनुपर्ने र सञ्चारमाध्यमलाई दिने विज्ञापन वापतको रकम उठाउने स्रोतसमेत बताएका थिए ।

बिर्तामोडका ३० वटा सञ्चार माध्यमका सम्पादक तथा संचालकले छलफलमा सहभागिता जनाएका थिए । यसअघि बिर्तामोड नगरपालिकाले अस्पताल, निजी बिद्यालय र सहकारी क्षेत्रसँग छलफल गरिसकेको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले आ– आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here