सहाराका तीन संगठनबीच एकीकरण एकीकृत कर्मचारी संगठनमा घिमिरे

0
669

बिर्तामोड।

एकीकृत कर्मचारी संगठन (सहारा नेपाल साकोस)को अध्यक्षमा यादवप्रसाद घिमिरे चयन भएका छन् ।

शनिवार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाल बित्तीय कर्मचारी संघबीच भएको एकता पछि सञ्चालन भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । एउटै संस्थामा फरक–फरक संगठन भएकाले कार्य गर्न असहज भएको भन्दै तीनवटै संगठनबीच एकीकरण भएको बताइएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष मोतीखर सञ्जेलको अध्यक्षता र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट तीनवटै संगठन एक भएका हुन् ।
संगठनको वरिष्ठ उपाध्यक्ष टेकप्रसाद अधिकारी, उपाध्यक्ष तेजप्रसाद गौतम, महिला उपाध्यक्ष रमिता गुरुङ, सचिव शालिकराम भट्टराई, सहसचिव भीमवहादुर बस्नेत र कोषाध्यक्षमा टोमप्रसाद दाहाल चयन भएका छन् ।

सदस्यहरुमा किसन मुर्मू, सियाराम चौधरी, विश्वास निरौला, कुलप्रसाद प्रसाई, सुवास झा, अञ्जना श्रेष्ठ , युवराज दर्लामी मगर, विशाल निरौला चयन भएको कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए ।

स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष भवानी सुवेदी, नेपाल बित्तीय कर्मचारी संघका अध्यक्ष शेरबहादुर कटवाल र नेपाल राष्ट्रीय कर्मचारी संगठनका अध्यक्ष मोतीखर सञ्जेलले संयुक्त रुपमा संगठन एकीकरण भएको घोषणा गरेका थिए ।

लामो समयको छलफलबाट एकीकरण गर्ने टुङ्गोमा पुगेको नेपाल राष्ट्रिय कर्मचारी संघका उपाध्यक्ष धर्मप्रसाद अधिकारीले बताए । सहारा नेपालमा हाल ७ सय कर्मचारी कार्यरत् छन् । अधिवेशनमा उपाध्यक्ष अधिकारी, स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष सुवेदी, नेपाल बित्तीय कर्मचारी संघका अध्यक्ष कटवाल र नेपाल राष्ट्रीय कर्मचारी संगठनका अध्यक्ष सञ्जेलले संयुक्त रुपमा संगठन एकीकरण भएको घोषणा गरेका थिए ।

कार्यक्रममा लेखा प्रमुख भरत भट्टराई, बिशाल निरौला, सहारा नेपालका सहायक प्रवन्धक लक्ष्मण खतिवडा, दिनेश निरौला, भीमबहादुर गिरी, राजु गिरीलगायतको उपस्थिति रहेको थियो ।

सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ । यो सहकारी सदस्य संख्याका हिसावले नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here