बिर्तामोड ।
एकीकृत टोल बिकास संस्था बिर्तामोड ५ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोड ५ मा आयोजित सात दिवसीय उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ ।
एकीकृत टोल बिकास संस्थाका अध्यक्ष पारस मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष विमला कार्कीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, वडा सदस्य लक्ष्मी बाँस्कोटा, प्रशिक्षक कञ्चनजंघा एफएमकी स्वस्तीका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तालिममा सहभागी रुका ढुङ्गानाले तालिम उपलब्धिमुलक भएको बताइन् ।
तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, सूर्योदय टेलिभिजनका देवी गौतम, कञ्चनजंघा एफएमकी स्वस्तीका आचार्य , आँगन एफएमका अच्युत सुवेदी, सरोज पौडेल , एकीकृत टोल बिकास संस्थाका सचिब केशव ढुंगानाले गरेका थिए ।
तालिममा १५ जना बालबालिका सहित ५१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी सलिना खड्काले गरेका थिए ।