सिर्जनशील एकता बालक्लवको नेतृत्व चयन

0
978

बिर्तामोड।

सिर्जनशील एकता बाल क्लवको अध्यक्षमा मनिष न्यौपाने चयन भएका छन् ।

बिर्तामोड–५ मा भएको भेलाले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय बालक्लव गठन गरेको हो । क्लबको उपाध्यक्षमा विवेक थापा, प्रजेश प्रसाईं, सचिव श्रेया ढुंगाना, सह–सचिव यमन भुर्तेल, कोषाध्यक्ष निश्चल चुडाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अभियान कडरिया, प्रेरणा घिमिरे, सरोजा वन, अंशु अधिकारी, युवराज प्याकुरेल लगायत रहेका छन् ।

त्यस्तै सोही भेलाले बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । कार्यपालिका सदस्य भावना घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष लिङ्देनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडा सदस्य डीआर कडरियाले नवगठित बालक्लवका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा एकीकृत टोल विकास संस्थाका सचिव केशव ढुंगाना, अक्सफोर्ड एकाडेमीका केशव मैनाली लगायतको आतिथ्य रहेको थियो ।

सञ्चारकर्मी सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य लक्ष्मी बाँस्कोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here