‘दुई पात एक सुइरो टिपन साँइलीवरी चियाबारीमा’ यो अत्यन्त कर्णप्रिय तत्कालीन नेपाली समाजमा भिजेको गीत थियो । अझ दार्जीलिङको प्रभावले छोएको झापा, इलाम, पाँचथर लगायतका पूर्वी नेपालका नेपालीका लागि यो गीत आफ्नै जीवनसँग जोडिएको लाग्थ्यो । ब्रिटिश सरकारले भारतलाई कब्जा गरिसकेपछि ठाउँ र आवश्यकता अनुसारको विकास ग¥यो । त्यही मेसोमा भारत पश्चिम बंगालको दार्जीलिङ जिल्लामा चिया रोपण गरायो । चियालाई चाहिने हावा, पानी र माटोको अनुकूलताका कारण शुरु भएको कृषि कर्म नेपालतिर पनि स¥यो । गुणस्तरीयताका कारण दार्जीलिङ चियाले आर्जन गरेको विश्वासमा ‘दुई पात एक सुइरो’ को विशेषता भने कायम नै छ ।
त्यही समय दार्जीलिङबाट बिरुवा ल्याएर उस्तै प्रकृति, हावापानी, माटो र उचाइ भएको इलाममा चिया रोपण थालियो । सरकारको अग्रसरतामा स्थापित चिया बगानले कालान्तरमा इलाममा चिया उत्पादन ग¥यो । क्रमशः उसको उत्पादन भारत लगायत पश्चिमा मुलुकसम्म भयो । स्वाद, गुणस्तरीयताले इलाम चियाले दार्जीलिङ चियाकै बराबरीको लोकप्रियता हासिल ग¥यो । परिणाम चिया रोपण एक–दुई निजी हुँदै झापासम्मै सरकारी स्तरबाटै चिया रोपण हुँदै उत्पादनको काम पनि हुन थाल्यो ।
पछिल्लो समय मजदुर र व्यवस्थापनका बीच कतिपय विषयमा असमझदारी बढ्दै जाँदा द्वन्द्वको अवस्था पनि आयो । उत्पादक किसान, मजदुर, व्यवस्थापन र कारखाना मालिकहरुका बीचको असहमति, विवाद र द्वन्द्वले बगान बन्द भए । चियापत्तीले मूल्य नपाउँदा बाटोमा पोख्ने, काम बन्द गर्ने, सडक संघर्ष लगायतका विरोधका कार्यक्रम गरिए । नगदेबाली ठानेर खाद्यान्नको सट्टा चिया रोपण गरेका साना किसानहरु समेत यसबीचमा हतोत्साही भए । परिणाम स्वरुप चिया मासेर कतिपय किसान फेरि खाद्यान्नको उत्पादनमा लागेका छन् ।
एकातिर उत्पादक वर्ग हरियोपत्तीको मूल्य नपाएर निराश छन् भने अर्कोतिर कारखाना सञ्चालक हरियोपत्तीको गुणस्तर खस्किँदै गएको बताउँछन् । सरकार यी सबै पक्षका बीच समन्वय, सहयोग र सहकार्य गर्न तयार छैन । सरकार न हरियोपत्तीको सर्वमान्य गुणस्तरका लागि ‘दुई पात एक सुइरो’ पछ्याउँछ न त उत्पादित हरियो वा तयारी चियाको उचित मूल्यसहितको बजार व्यवस्था गर्न तयार छ । त्यही पीडाबाट आजित इलामको सूर्योदय नगरपालिकाभित्रका उद्योगीहरुले उद्योग नै बन्द गरेका छन् । पैतालिस हजार रोपनीमा हुँदै आएको चियाखेती बन्द हुँदा त्यसमा कार्यरत मजदुर, किसान र तिनका आश्रित परिवार बिचल्लीमा पर्ने भएका छन् । त्यसकारण समस्या छिप्पिन नपाई समाधामन खोज्न सम्बद्ध पक्षले बेलैमा सजगता अपनाउनुपर्छ ।