मारवाडी युवाद्वारा पानी बितरण

१५ असार २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

बिर्तामोडका मारवाडी युवा निःशुल्क पानी बितरणमा जुटेका छन् ।

गतवर्ष पनि गर्मीको समय अवधिभरि चिसो, शुद्ध पिउने पानी बितरण गरेको मारवाडी युवा मञ्चले यस वर्ष पनि पानी वितरणलाई निरन्तरता दिएको हो । बिर्तामोडस्थित मुक्ति चौक नजिकैको दुर्गा मन्दिर परिसरमा निःशुल्क पानी वितरण थालिएको बताइएको छ ।

पानी उत्पादक एक्वाटप मकालु डालमिया ड्रिङ्किङ्ग वाटरसंँगको सहकार्यमा मारवाडी युवा मञ्चले यस्तो कार्यको शुरुवात गरेको हो । जसका लागि पानी उत्पादक कम्पनीले चिसो पिउने पानीको प्रायोजन गरेको मञ्चका सहसचिव मनिष पोद्दारले जानकारी दिए । पिउने पानी निःशुल्क बितरण कार्यक्रममा उत्पादक कम्पनीका तर्फबाट विजय डालमिया, मञ्चका अध्यक्ष दीपक मित्तलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक पंकज मित्तलका अनुसार पानी गर्मी महिनाभरि बितरण गरिने छ । पानी वितरण उद्घाटन समारोहमा मञ्चका पदाधिकारीहरु सहित बिर्तामोडका व्यवसायीहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष टेकेन्द्र अग्रवाल,महासचिव प्रविण अग्रवाल, मारवाडी युवा संगठनका सदस्य यज्ञराज अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here