विद्यालयमा ‘म अघि बढ्छु’ अभियान

१९ असार २०७६, बिहीबार मा प्रकाशित

सुरुङ्गा।

झापाका विद्यालयमा ‘म अघि बढ्छु’ अभियान अघि बढाउन सगरमाथा टिन्स् क्लब गठन हुने भएका छन् ।

सगरमाथा टिन्स् क्लब गठन तथा विस्तारका लागि झापाका शिक्षक नायकहरुको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको सभाहलमा भएको तालिममा झापाका ५४ जना शिक्षक नायकको सहभागिता रहेको थियो ।

प्रदेशमा लागूऔषध दुव्र्यसनी निराकरण गर्दै राष्ट्र, राष्ट्रियता र देशको समृद्धिप्रति सकारात्मक सोच भएको, सक्षम, अनुशासित, उद्यमी र इमान्दार नागरिक उत्पादन गर्नको लागि ‘म अघि बढ्छु’, सगरमाथा टिन्स् क्लबको स्थापना गरी हरेक विद्यालयमा कार्यक्रम पु¥याइने लक्ष्यसहित प्रशिक्षण शुरु गरिएको हो ।

सो तालिममा प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजाल, अभियानका झापा संयोजक डम्बर अधिकारी, सशस्त्र प्रहरी बल झापा विपद् व्यवस्थापन शाखाका प्रहरी निरीक्षक सूर्यप्रसाद धमला, नेपाल प्रहरी झापाका एसपी दिनेशराज मैनाली लगायतले सहजीकरण गरेका थिए ।

प्रदेश नं. १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवम् सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको हो । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं. १ सरकारले सञ्चालन गर्ने बृहत कार्यक्रम हुनेछ ।

प्रदेश नं. १ सरकारले ‘म अघि बढ्छु’ भन्ने अभियानलाई ‘ड्रिम प्रोजेक्ट’ का रुपमा मानेको छ । दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले यो कार्यक्रम शुरु गरेको हो ।

प्रदेश सरकारले सगरमाथा टिन्स् क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि(२०७६ लागु गरेको छ । अभियान अन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लब (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्ने छन् ।

क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयम्सेवा, विपद् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने अभिमुखीकरण कार्यक्रमका सहभागी सगरमाथा टिन्स् क्लब कनकाई मावि सुरुङ्गाका शिक्षक नायक खेमराज भट्टराईले बताए । त्यस्तै किशोर–किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, शोषण, विभेद, बालविबाह, सडक दुर्घटना, छुवाछुत जस्ता विसंगतिपूर्ण क्रियाकलापहरु रोक्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ । प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here