कनकाईमा मानव अधिकार सम्बन्धि अभिमुखीकरण

0
753

सुरुङ्गा ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको आयोजना, र÷राष्ट्रिय मानव अधिकार आयोग, १ नं. प्रदेश, विराटनगरको सहकार्य तथा कनकाई नगरपालिकाको सहयोगमा “मानव अधिकार र विकासमा स्थानीय तहको भूमिका” विषयक १ दिने अभिमुखीकरण कार्यक्रम कनकाई न.पा. सुरुङ्गाको जेसिज भवनमा आज सम्पन्न भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, १ नं. प्रदेश प्रमुख मोहनदेव जोशी र राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष आनन्द आचार्यले मानव अधिकार, मानव अधिकारका सिद्धान्त, मानव अधिकार र राज्यको कर्तव्य आदि विषयमा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य सुमित्रा प्रसाईले मानव अधिकार र विकास एक अर्काका परिपूरक भएकाले जनताका उचित आवश्यकता पूरा गर्नु नै मानव अधिकारको संरक्षण, सम्बद्र्धन र विकास रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले जनताको मानव अधिकार संरक्षण गर्ने सवालमा जनप्रतिनिधिहरु सचेत रहेको र जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न कनकाई नगरपालिका योजनाबद्ध रुपमा अधि बढेको बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रमले जनप्रतिनिधिहरुलाई जनताका मानव अधिकारको संरक्षण गर्न निक्कै सहयोग गर्ने बताउनु भयो । साथै आगामी दिनमा नगरपालिकाकै तर्फबाट यस्ता कार्यक्रमहरु गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाईका सभापतित्व तथा सचिव नविन योगीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष गोपीकृष्ण भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आमन्त्रित अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।

कनकाई नगरपालिकाका जनप्रतिनिधिहरु तथा स्थानीय सरोकारवालाहरुलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सल्लाहकार कोमल प्रसाद प्रसाई, केन्द्रीय सदस्य रुपक खनाल , कनकाई नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here