वेष्ट इण्डिजसँग खेल्न जान लागेका भारतीय खेलाडीले भिसा पाएनन्

१४ श्रावण २०७६, मंगलवार मा प्रकाशित

काठमाडौं।

भारत अगष्टमा वेष्ट इण्डिजविरुद्ध तीन टि–२०, तीन एकदिवसीय र २ टेस्टको सिरिज खेल्दैछ । यही सिरिज खेल्न जान लागेका भारतका तीब्रगतिका बलर मोहम्मद शमीलाई अमेरिकाले भिसा दिन अस्वीकार गरिदियो ।

यो टुरमा सुरुका २ टि–२० अमेरिकाको फ्लोरिडामा खेल्ने तालिका छ जसका कारण खेलाडीहरुलाई अमेरिकाको भिसाको आवश्यकता परेको थियो ।

२०१८ मा मोहम्मद शमीमाथि उनकी पत्नी हसिन जहाँले कुटपिट, बलात्कारहत्याको कोसिस र घरेलु हिंसाजस्ता गम्भीर आरोप लगाएकी थिइन् । हसिन जहाँले शमीविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । शमीको सम्बनधविच्छेदको केस पनि अदालतमा चलिरहेको छ । रिपोर्टका अनुसार यही केसका कारण अमेरिकाले उनलाई भिसा अस्वीकार गरेको थियो ।

पछि भने बीसीसीआइको लिखित आग्रहमा शमीलाई भिसा दिइएको छ । बीसीसीआइका सिइओ राहुल जौहरीले अमेरिकी दूतावासलाई एउटा पत्र लेखेका थिए । पत्रमा शमीको केससहित उनको बारेमा सबै जानकारी दिइएको थियो । बीसीसीआइको आग्रहपछि भने उनलाई भिसा दिइएको छ ।

कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र कोच रवि शास्त्रीसँग पहिल्यै अमेरिकाको भिसा छ । अन्य खेलाडीको लागि दूतावासमा भिसा आवेदन दिइएको थियो । आवेदन दिइएका सबै खेलाडीलाई पहिलो पटकमै भिसा दिइँदा शमीलाई मात्र भिसा दिन अस्वीकार गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here