नेकपा अध्यक्ष दाहाल परिवारसहित यूएई प्रस्थान

0
682

काठमाण्डाै,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नु भएको छ ।

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गर्नु भएको हो । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको दाहालकाे पारिवारिक स्रोतले जनाएको छ ।

पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ । अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here