मेसी कारवाहीमा परे तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

एजेन्सी ।

पछिल्ला दिनमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार विबादमा आइरहेका छन् ।

विश्वकपमा राम्रो खेल खेल्न नसकेका मेसी कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका कारण अहिले विबादको उत्कर्षमा रहेका छन् । जसका कारण उनलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ ।

तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल खेल्न पाउने छैनन् । स्रोतका अनुसार मेसीले ३ महिनासम्म अअन्तराष्ट्रिय स्तरका खेलहरु खेल्न पाउने छैनन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here