तीन स्क्रिन भएको स्मार्टफोन ल्याउँदै एलजी

२६ श्रावण २०७६, आईतवार मा प्रकाशित

काठमाडौं ।

स्मार्टफोन निर्माता एलजीले आफ्नो नयाँ डिभाइस ल्याएको छ । यसमा तीनओटा स्क्रिन हुनेछ । आईएफए २०१९ को पत्रकार सम्मेलनको लागि सार्वजनिक गरिएको टिजरमा एक झल्को दिइएको हो । २० सेकेण्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकोन बनेको देखिन्छ ।

यसपछि किताबजस्तै दोस्रो स्क्रिन पनि खुल्छ । त्यसमा कम्पनीको आईएफए पत्रकार सम्मेलनको रुट म्यापमा खुलेको देखिन्छ । त्यसपछि डिभाइस बन्द हुन्छ र तेस्रो सानो स्क्रिन डिभाइसको माथिल्लो भागमा देखिन्छ ।

यो योजना कम्पनीको एलजीभी५० थिंक्युको सेकेन्ड स्क्रिन केस अक्सेसरीसँग मिल्दोजुल्दो छ । यसलाई एलजीले फोनका सागै मोबाइल वल्र्ड कांग्रेसमा प्रदर्शन गरेको थियो ।

टीजरको भिडियोका साथै  यस विषयसँग जोडिएका केही जानकारी पनि सार्वजनिक भएका छन् । तर, नयाँ डिभाइसको विषयमा स्पष्टरुपमा यो नै हो भनेर भन्न सकिने अवस्था भने छैन । तर, बजारमा अहिले रहेका अन्य डिभाइसका लागि नयाँ अक्सेसरी ल्याउनसक्ने बताइएको छ ।

यो डिभाइस पट्याउन मिल्ने किसिमको हुने सम्भावना भने निकै कम रहेको बताइएको छ । एलजीले आफ्नो ओएलईडी टीभी बाहेक अन्य उत्पादन सार्वजनिक गर्ने कार्यक्रम छैन । यस्तोमा यो डिभाइस पट्याउन मिल्ने स्मार्टफोनको रुपमा नआउने निश्चित देखिएको छ ।

फोल्डिङ स्क्रिनको सट्टामा यो डिभाइसमा दुई फरक स्क्रिन हुनसक्ने बताइएको छ । अहिले हिन्जको सहयोगमा जोडिनेछन् । यस्तोमा डिभाइसको स्क्रिन सामसुङ ग्यालेक्सी फोल्ड वा हुवावेई मेट एक्सजस्तो बीचबाट पट्याउन भने सकिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here