फोनिजका पूर्व अध्यक्ष समदर्शीलाई उदयपुरमा सम्मान

३० श्रावण २०७६, बिहीबार मा प्रकाशित

अर्जुनधारा।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) झापा शाखाका पूर्व अध्यक्ष एवम् न्यूज सञ्जाल डटकमका सम्पादक रमेश समदर्शी सम्मानित भएका छन् ।

जातिय पहिचान र संविधान कार्यान्वयनको लागि पूर्ण समावेशी सञ्चार भन्ने मुख्य नारासहित उदयपुरको त्रियुगामा विहिबार आयोजित फोनिज प्रदेश नम्बर १को प्रथम महाधिवेशनमा नगद पुरस्कार पाँच हजार र सम्मान पत्रबाट उनी सम्मानित भएका हुन् ।

२०५२ सालमा बिर्तामोडबाट प्रकाशित हुने जनचाहना साप्ताहिक र धरानबाट प्रकाशित हुने विजयपुर साप्ताहिकको झापा संवाददाताकोरुपमा अध्यक्ष समदर्शीले पत्रकारिता शुरु गरेका थिए । उनकै कार्यकालमा स्थापना भएको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पहिलो पटक अग्रज पत्रकार अमृतलाल श्रेष्ठलाई वितरण गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको हक अधिकार स्थापित गर्न पु¥याएको योगदानको मूल्याङकन गर्दै कार्यक्रममा पूर्व अध्यक्ष समदर्शीसहित १० जना अग्रज पत्रकारलाई सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा इलामका सटेन्द्र जवेगू, उदयपुरका कौशल चेम्जोङ र महेश्वर राई, धनकुटाका सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र हिमा चेम्जोङ, सुनसरीका हर्ष सुब्बा, गोपाल देवान र याम प्रधान रहेका छन् ।
सम्मानित अग्रज पत्रकारहरुलाई महाधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राई, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र कार्यक्रममा अध्यक्ष दिपीन राईले सम्मानित गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here