शिक्षा सेवी खनाललाई मातृशोक

३० श्रावण २०७६, बिहीबार मा प्रकाशित

झापा ।

गोमेन्द्र महाबिद्यालयका संस्थापक गणेशप्रसाद खनाललाई मातृशोक परेको छ । खनालकी माता हरिप्रिया खनालको ९९ बर्षको उमेरमा निधन भएको हो ।

बि.स. १९७७ साल भदौ १५ गते इलामको सन्तकपूर (बिक्री) मा जन्मिएकी खनालको २०७६ साल साउन २२ गते अर्जुनधारा ४ दहिझोडामा ९९ बर्षको उमेरमा निधन भएको हो ।

स्व.खनालको चार छोरा बुहारीहरु गणेशप्रसाद ( बुध, गोविन्द (मधु , ईश्वर ( मेनुका , वेदप्रकास ( तिलरुपा खनाल रहेका छन् । उनका छोराहरुमध्ये गणेशप्रसाद सेवानिवृत्त राष्टूसेवक तथा गोमेन्द्र महाबिद्यालयका संस्थापक, एक्सेल डेभ्लपमेन्ट वैंक सञ्चालक समिति सदस्य लगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् ।

त्यस्तै सात छोरी ज्वाइँहरु तुलसा पौडेल , नर्वदा घिमिरे, विमला ( रुद्र चापागाईं, राधिका( लक्ष्मी पौडेल ,सीता (सुदर्शन सिग्देल ,गीता ( हरि न्यौपाने ,रीता खनाल रहेका छन् । त्यस्तै १४ नाती, १९ नातीनी , २८ पनाती ,१७ पनातीनी ,एक जनाती ,एक जनातीनी रहेका छन् ।

स्व.खनालका नातीहरुमध्ये डा.रुपक खनाल गोमेन्द्र महाबिद्यालयका प्राचार्य हुन् भने नातीनी बुहारी सरु भूर्तेल खनाल वीरता लेडी जेसीजकी अध्यक्ष हुन् । त्यस्तै नाती उत्तम खनाल गोमेन्द्र बिर्ता मोडल माध्यमिक बिद्यालयका निर्देशक र बिर्तामोड प्याब्सनका नगर अध्यक्ष हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here