क्वाँटी खाँदै हुनुहुन्छ ? यस्ता छन् क्वाँटी खानुका फाइदाहरु

0
1297

नेपाली समाजमा आज जनैपुर्णिमा दिन टुसा उम्रिएको गेडागुडीको परिकार खाने प्रचलन रहेको छ । टुसा उम्रिएको गेडागुडीबाट बनेको परिकारलाई क्वाटी भन्ने गरिन्छ ।

‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ। नेपालीहरुले भोली जनै पुर्णिमा दिन क्वाटी खाएर खुसीयाली मनाउने गर्दछन् ।

हाम्रो नेपाली समाज क्वाँटीको आफ्नै महत्व रहेको छ । केहि दिन अगाडीबाटै पानीमा भिजाएर विभिन्न प्रकारका गेडागुडीमा टुसा उमार्ने काम हुन्छ । टुसा उम्रिएको गेडागुडीलाई भोली क्वाटी बनाइन्छ ।

यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ । शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम टुसा पलाएको अन्नले गर्दछ ।

अङ्कुर पलाएको टुसा उम्रेको अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुने चिकित्सकहरु बताउछन् । टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्ने उनीहरुको भनाइ छ ।शक्ति र स्वाद दुवै मिल्ने भएकाले क्वाँटीको विशेषता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here