प्रहरीद्वारा कुटपिट

0
745

झापा।

आरोपमा पक्राउ परेका एक युवकलाई मोरङ उर्लाबारी प्रहरीका प्रहरी प्रमुख सुवास राईले निर्घात कुटपिट गरेका छन् ।

एक महिना अघिमात्र सरुवा भएर आएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राईको ज्यादति बढेपछि उनी शुरुमै विवादमा समेत तानिए । स्थानीयबासी भन्छन्– ‘जुनसुकै घटनाका आरोपितलाई अनुसन्धानका बहानामा उनी मुक्का लगाउन माहिर छन् ।’

प्रहरीले अनुसन्धानका क्रममा कोही कसैलाई कुटपिट त के गाली गलौज समेत गर्न पाइँदैन । उर्लाबारी–४ खोर्सानीबारीका २२ वर्षीय सुजन खत्री चोरी घटानाको आरोपमा गएको शनिबार पक्राउ परे । पक्राउ परे लगत्तै प्रहरी निरीक्षक राईको कुटाइबाट उनी घाइते भए । उनको डढेल्नोमा डण्डीले कुटेको नील डाम छ । यसले मुस्कानसहितको प्रहरी कार्यक्रम कति प्रभावकारी रह्यो भन्ने पुष्टि गर्दछ ।

चोरीको आरोपमा आफूलाई पक्राउ गरी चरम यातना दिएको पीडित खत्रीले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिए । उर्लाबारी स्कूल डाँडाँमा एउटा पसलमा शनिबार दिउँसो चोरीको घटना भएको थियो । सीसी क्यामेरामा तेरो जस्तै अनुहार देखिएको भन्दै उनका साथीले सुनाएपछि उक्त क्यामेराको फुटेज हेर्न चोरी भएको पसलमा शनिबार बेलुका आएका थिए । त्यसै बखत सादा पोशाकका प्रहरीले आफूलाई पक्राउ गरी लगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
शनिबार बेलुकी स्कूलडाँडा चोकबाट पक्राउ गरी कुटपिटपछि रातभर थुनामा समेत राखेको उनले बताए । शुरुमा प्रहरी निरीक्षक राईले ४ सयपटक उठबस गर्न लगाएको उनले बताए । छातीमा र गालमा मुक्का, डढेल्नोमा पाइपले हिर्काएको उनले बताएका छन् ।

चोरी गरेको पुष्टि नभएपछि खत्रीले आफूलाई न्याय दिलाइदिन सबैसँग अपिल गरेका छन् । ‘म गरी खाने मान्छे, कसको चोरी भएको हो, त्यो समेत थाहा दिइएन । एक्कासी कुटपिट गर्ने काम भयो । मेरो शरीरभरि निलडाम छ’– उनले भने– ‘मैले न्याय पाउनु प¥यो ।’

प्रहरी निरीक्षक राईले सोधपुछका क्रममा खत्रीलाई उठबस गराएको र सामान्य कुटपिट भएको स्वीकार गरे । उनले भने– सोधपुछ गर्ने क्रममा सामान्य त्रुटी भयो मैले स्थानीयबासी र पत्रकारसँग गल्ती स्वीकार गरिसकेको छु । सीसीटीभी फुटेजका कारण खत्रीसँगको हुलिया मिलेकाले पक्राउ गरेर सोधपुछ गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here