दमक।

१७ वर्षीय क्यान्सरपीडित बिना (सपना) चेम्जोङको उपचारमा सहयोग पुर्याउन दक्षिण कोरियामा रहेका प्रवासी नेपालीहरूले आर्थिक सहयोग दिएका छन् ।
चार बर्षदेखि कोरियामा काम गरिआएका इलाम, चुलाचुली–४ का सुवास चेम्जोङको नेतृत्वले क्यान्सर रोगी बिनाको उपचारमा सहयोग स्वरुप रु. ६० हजार एक सय रुपैयाँ दिएका हुन् ।
संकलन गरी मिडिया चुलाचुली इलाम र संकलनकर्ताकी आमा मनमाया चेम्जोङसहितको एक टोलीले उपचारस्थलमा पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् ।
दमक–२ भाङबारी घर भएको विपनाको आठ महिनादेखि वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।





























