भोजपुर,
अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ ।
बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ ।
स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भनाइ छ ।
क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी हुनासाथ गएराति नै प्रहरी टोली त्यसतर्फ गएको छ ।