लायन्स क्लब सिटीले १०३ सामाजिक कार्य गर्ने

७ माघ २०७६, मंगलवार मा प्रकाशित

विराटनगर, 

लायन्स क्लब विराटनगर सिटी स्थापना भएको १२ वर्ष पुगेका अवसरमा आगामी माघ १० गते १०३ वटा विभिन्न सामाजिक कार्य गर्ने भएको छ ।

“हामी सेवा गर्छौं ’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी विपन्न समुदाय र सीमान्तकृत बालबालिका तथा गरिब एंव विपन्न मानिसलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न सामाजिक कार्य गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सिटीका अध्यक्ष घनश्याम पाखरेलले जानकारी दिनुभयो ।

विराटनगर–५ स्थित एभरेष्ट उच्च माविमा स्वास्थ्य (एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक, योग) सेवा, अति विपन्नवर्गका ५०० विद्यार्थीलाई स्टेसनरी सामग्री, भिजिट नेपाल–२०२० को प्रवद्र्धन, बालप्रवद्र्धन, मधुमेह स्वास्थ्य जाँच र रोगथामका उपायलगायत कार्य गर्ने जनाइएको छ ।

यसैगरी रक्तदान, दक्ष चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हने कार्यक्रममा पाँच हजारभन्दा बढी लाभान्वित हुने विश्वास अध्यक्ष पोखरेलको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here