आइसोलेसनमा एक सहित १०३ जना मानिस क्वारेन्टाइनमा

१२ चैत्र २०७६, बुधबार मा प्रकाशित

झापा,

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन झापामा १०३ जना मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै एक जनालाई आइसोलेसनमा राखिएको छ ।

झापाको गौरादह नगरपालिकाका एक व्यक्तिलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव जीवन चम्लगाइले जानकारी दिनुभयो ।

यता भारत लगायत विभिन्न देशबाट आएका २१ जना नेपालीलाई मेचीनगरपालिकाले धाइजनमा रहेको क्वारेन्टाइनमा राखेको छ । त्यस्तै झापा गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव चम्लगाईले बताउनुभयो ।
विभिन्न देशबाट आएका ७७ जना नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

वुद्धशान्ति गाउँपालिकामा १२, बिर्तामोड र भद्रपुर नगरपालिकामा ७÷७ जना मानिस होम क्वारेन्टाइनमा रहेका छन् । झापा गाउँपालिकामा १४ , हल्दिवारी गाउँपालिकामा २, अर्जुनधारा नगरपालिकामा १०, बाह्रदशी गाउँपालिकामा ६, दमक नगरपालिकामा १, कमल गाउँपालिकामा २, गौरादह नगरपालिकामा १, गौरीगञ्ज गाउँपालिकामा ८, शिवसताक्षी नगरपालिकामा १, कनकाई नगरपालिकामा ५ र कचनकवल गाउँपालिकामा १ जना गरी ७७ जना मानिस होम क्वारेन्टाइनमा रहेका छन् ।

झापामा १५ वटा स्थानीय तहले ३ सय ३१ जना मानिस राख्न सकिने क्वारेन्टाइन तयार गरेका छन् ।

मेची अस्पताल र विएण्डसी अस्पतालमा भने आइसोलेसन सहितको व्यवस्था गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक राजकुमार राईले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here