नेकपा स्थायी कमिटी सात दिनका लागि स्थगित

0
937

काठमाडौं,

नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक सात दिन स्थगित भएको जानकारी दिए। पार्टी शीर्ष तहमा उत्पन्न विवादले स्थगित हुँदै आएको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको थियो।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि शीर्ष तहमा विवाद बढेको छ। विवाद समाधानका लागि यो बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएको छ।

दुबै नेता आ–आफ्नै अडानमा रहँदा सहमति जुटिसकेको छैन। शीर्ष नेताहरुबीच विवाद बढिरहँदा कतिपय नेताहरुले केन्द्रीय कमिटी बैठक नै बोलाउनु पर्ने आवाज उठाइरहेका छन्। नेकपा स्थायी कमिटी बैठकमा कोरोना उपचार, रोकथाम र नियन्त्रण, नागरिकता विधेकय, पार्टी एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरिएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here