हाम्रो नेपाल साकोस र कान्तिपूर साकोसबीच एकीकरण

२९ असार २०७७, सोमबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र दमक –६ मा कार्यालय रहेको कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

झापाको दमकमा आइतवार आयोजित दुवै सहकारी संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको वैठकले दुवै सहकारी संस्था एकीकरण भएको निर्णय गरेको हो । हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा भएको वैठकले प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीको २०७७ असार २३ को पूर्व स्वीकृति बमोजिम दुवै सहकारी संस्थाबीचको एकीकरणको निर्णय गरेको हो ।

कार्यक्रममा हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले औचित्य माथी प्रकाश पार्दै सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाको उद्धेश्य एउटै भएका कारण ती दुई सहकारीवीच एकीकरण गरिएको बताए ।

उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ को नामबाट दमकमा कारोबार गरिने वताए । शेयर सदस्यहरुले जीवनका अनेकन सुखदुःखका क्षणहरुमा हाम्रो नेपालको न्यानो साथ पाएको बताउँदै अध्यक्ष दंगालले बीमा , स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाह , लगायतको सेवा सुविधा शेयर सदस्यहरुलाई प्रदान गरिरहेको वताए ।

एकीकरण पछि संस्थाको नाम ,ठेगाना, दर्ता नम्वर , पान नम्वर , विधान , विनियम , सञ्चालक समिति , लेखा समिति सवै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ कै रहने , कान्तिपूर वचत तथा ऋण सहकारी संस्था दमकमा सदस्य सेवाकेन्द्र सञ्चालन गर्ने लगायत वैठकले निर्णय गरेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताए ।
संस्थाको हालसम्म १६ वटा सेवाकेन्द्र रहेको र एकीकरण पछि दमकमा १७ औ सेवा केन्द्रको रूपमा कार्यलय सञ्चालन गरिने उनले बताए ।

उनले दुवै सहकारी संस्था एकीकरण पछि गत जेठ ३२ गतेसम्म संस्थामा एक सय ३७ जना कर्मचारी , १४ हजार एक सय ९२ जना शेयर सदस्य, संस्थाको शेयर पुँजी सात करोड ४१ लाख ८१ हजार सात सय रुपैयाँ , निक्षेप संकलन ४८ करोड २७ लाख ८८ हजार छ सय ६४ रुपैयाँ , ऋण लगानी ६९ करोड ७२ लाख ३५ हजार दुई सय २० रुपैयाँ रहेको वित्तिय विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै संस्थाको आम्दानी आठ करोड ३९ लाख ३४ हजार एक सय ७६ रुपैयाँ , खर्च सात करोड ८८ लाख ८२ हजार एक सय ५६ रुपैयाँ र संस्थाले ५० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिए ।

कार्यक्रममा कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईले आफ्नो संस्था २०६८ साल पुस ५ गतेदेखि सञ्चालनमा रहेको बताउँदै संस्था एकीकरण भएसंगै अझ मजवुत वनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

कार्यक्रममा हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पृथ्वी ओली सचिव विश्वेश्वरप्रसाद लामिछाने ,सदस्यहरु राजेन्द्र गौतम , कविता वुढाथोकी, शसिता राई, कृष्णप्रसाद पोखरेल ,प्रतिमा कार्की, तुलसीराम गौतम, लेखा समिति संयोजक कृष्णराज कटुवाल, सदस्यहरु पुजनकुमारी आचार्य , सोमनाथ नेपाल , सल्लाहकार संयोजक भगीरथ आले लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका सचिव दिपकप्रसाद गौतम , सहसचिव शुरेशकुमार पौडेल , कोषाध्यक्ष गणेश कार्की, सदस्यहरु लिलमबहादुर कटुवाल , यमबहादुर अधिकारी , मञ्जु अधिकारी आचार्य , विष्णुमाया थापा, टिकाराम खरेल , सञ्जिव योङ्हाङ, लेखा समिति संयोजक अम्विका बराल पोखरेल , सदस्य प्रेमप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

वैठकले दुवै सहकारी संस्थाबीचको एकीकरणको अन्तिम स्वीकृतिका लागि प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरी पठाउने निर्णय गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here