पहिरोले पुरिएर नेपाली भाषीको मृत्यु

१८ भाद्र २०७०, मंगलवार मा प्रकाशित

विर्तामोड, भदौ ं१८ । सिक्किममा गएको पहिरोमा परी पाँच नेपाली भाषीको मृत्यु भएको छ ।

योक्सम–टासिडिङ क्षेत्रको तमाबुङ गाउँमा गएको पहिरोमा परी एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुतिरहेको अवस्थमा झरेको पहिरोले घरसहित पुर्दा उनीहरुको मृत्यु भएको वताइएको छ ।

मृत्यु हुनेहरुमा ५७ वर्षीय इन्द्रमाया राई, उनका १८ वर्षीय छोरा साजन राई, बुहारी देशमाया राई, ६४ वर्षीय वीरबहादुर सुव्बा र दुई महिनाको बालक छन् । पहिरोमा परी एक दर्जन परिवार विस्थापित भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।